अर्थ

करेलाको मूल्य बढ्यो



काठमाडौँ, १९ कार्तिक । बजारमा तिते करेलाको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तिते करेलाको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको हो ।

हिजो मंगलबार तिते करेला प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिकिलो थोकमा ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।