काठमाडौँ, १९ कार्तिक । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौँको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण गरिएको छ ।
आज मानव जीवनको सुख, शान्तिको कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर पूजा गर्ने परम्परा अनुसार फूल अर्पण गरिएको हो ।
यो विशेष पूजा सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले परिनिर्वाण प्राप्त गरेको सम्झनामा गरिन्छ । बौद्धमार्गीहरूले भौतिक संसारबाट बिदा हुनुलाई परिनिर्वाणको रूपमा बुझ्छन् । बुद्ध धर्म र दर्शनलाई संसारभर प्रचार गर्ने क्षेत्रमा सारिपुत्रले दिएको योगदानको स्मरणमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्