शैक्षिक

हुम्ला एक आधारभूत विद्यालयमा आगलागी



काठमाडौँ, २० कार्तिक । हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालय आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बुधबार राति ८ बजे माथिल्लो तलाको झ्यालबाट आगलागी सुरू भएको अगालागी विद्यालयको भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

कार्यालय भवनमा आगालागी हुँदा विद्यायमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् । सोलार एक सेट, २ थान ल्यापटप, २ थान डेस्टप, २ वटा प्रिन्टर, २ वटा दराजलगायतका सामान नष्ट भएको छ । क्षति थप विवरण आउन बाँकी रहेको ।