Banner News

किन भयो सिरहामा राजपाको लज्जास्पद हार ?



लहान । राष्ट्रिय जनता पार्टी (राजपा)ले आफ्नो पक्कड स्थलको रुपमा चर्चा गरेको सिरहामा नै निकै लज्जास्पद हार व्यहोरेको छ ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादव, राजपाका नेता रामुकमार मण्डल लगायतका केन्द्रीय नेताको गृह जिल्लासमेत रहेको सिरहामा १७ स्थानीय तहमध्ये कुनै पनि राजपाको पोल्टामा पर्न सकेन ।

जसका कारण राजपाको राजनीतिक हैसियत पनि त्यो ठाँउमा राम्रोसँग प्रष्टिएको चर्चा सुरु भएको छ ।

चुनावमा जान आनाकानी गरेको र टिकट वितरणमा समेत विभिन्न बाहना गरिरहेको राजपालाई जनताले दिएको मतले उसले राजनीतिक हैसियत समेत सबैसामु छर्लङग बनाएको छ ।

सिरहाको १७ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हुँदा पाँच वटा स्थानीय तह जित्दै संघीय समाजवादी फोरम दोस्रो, चार वटा स्थानीय तह जितेको नेकपा एमाले तेस्रो र दुई वटा स्थानीय तह जितेको नेपाली काँग्रेस चौथोमा खुम्चिएको छ ।