समाचार

काठमाडौँबाट ३३ लाखबढीको धनमाल चोरी



काठमाडौँ, २० कार्तिक । काठमाडौँबाट एकैदिन सुन, चाँदीका गरगहना र नगदसहित ३३ लाख बढीको धनमाल चोरी भएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित यादवप्रसाद पन्थीको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब २६ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको धनमाल चोरी भयो ।

त्यस्तै, काठमाडौँकै कीर्तिपुर नगरपालिका–१, चाँदनीचोक डेरा गरी बस्ने विकाश श्रेष्ठको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको र यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।