राजनीति

मन्त्री पुन र बेलायती राजदूतबीच भेटवार्ता



काठमाडौँ, २० कार्तिक । बेलायती राजदूत रोब फेनले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा राजदूत फेनले नेपालको विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) मा बेलायतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उक्त भेटघाटमा डिजिटल नवप्रवर्तनलाई अगाडि बढाउने र बेलायतद्वारा समर्थित विभिन्न परियोजनाहरूमार्फत समावेशी रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने साझा प्राथमिकताहरूमा जोड दिइएको नेपालस्थित बेलायती दूतावासले जानकारी दिएको छ ।

भेटमा बेलायतको सहयोगमा सञ्चालित समर्थ, नेपाल इन बिजनेस र ग्रीन ग्रोथ नेपाल जस्ता परियोजना तथा पहलहरूमार्फत यी प्राथमिकताहरूलाई अघि बढाउने विषयमा छलफल भएको थियो ।