Banner News

नाै पुस्ताले नबिर्सने गरी भ्रष्टाचारीलाई जेलमा सडाउनुपर्छ : विप्लव



काठमाडौँ, २० कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचारीलाई आजीवन कारावास सजाय हुनुपर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रममार्फत पार्टीको दृष्टिकोण सार्वजनिक गर्दै उनले त्यसका लागि नागरिक आयोगको सिफारिसमा निष्पक्ष फैसला गर्ने शक्तिशाली न्यायालय आवश्यक भएको बताए ।

‘जेनजी विद्रोहपछि पनि भ्रष्टाचारी अहिले खुलेयाम सडकमा आएका छन् । नेपालमा एउटा शक्तिशाली नागरिक आयोग जरुरी छ । नागरिक आयोगले सिफारिस गरेपछि फैसला गर्ने शक्तिशाली न्यायालय आवश्यक छ । नागरिक आयोगले छानबिन गरेको फैसला अन्तिम हुनुपर्छ’, ‘यहाँ विशेष अदालत छ तर डमी नक्कली छ । भ्रष्टाचारीले सर्वोच्च अदालतमा झन् धेरै घुस खुवाएर सफाइ पाएर निस्कन्छ । जनताको पैसा लुट्ने । भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाई आजीवन कारावासको सजाय हुनुपर्छ । अहिले मार्नु वा फाँसीको कुरा त गर्नु भएन । तर भ्रष्टाचारीलाई नाै पुस्ताले नबिर्सने गरी जेलमा सडाउनुपर्छ ।’