काठमाडौँ, २१ कार्तिक । सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्रका स्थानीयले काठमाडौं ल्याइएको मेलम्चीको पानी खोलामा फर्काएर बन्द गरेपछि काठमाडौं उपत्यकाको खानेपानी वितरण आजैबाट प्रभावित हुने भएको छ ।
मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले २०८१ असोजमा तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवको रोहबरमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बिहीबार सुरुङमा पठाएको पानी खोलामा फर्काएका थिए ।
अनुसार मुख्य खोला मेलम्ची र सहायक रिबर्मा खोलाको पानी बन्द गरिएको छ । सरोकार समितिको नाममा मेलम्चीको काठमाडौंस्थित मुख्य कार्यालयस्थित कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएको ५ दिनका दिन मुहानबाट काठमाडौं ल्याइएको पानी खोलामा फर्काइएको हो ।
पानी वितरणको जिम्मेवारी पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) ले आजदेखि काठमाडौंको आन्तरिक स्रोतबाट मात्र पानी वितरण गर्न सकिने जनाएको छ । सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाडौंका थोक वितरण केन्द्रहरूमा पठाइएको पानी पूर्ण रूपमा बन्द हुने जानकारी केयूकेएलले दिएको छ ।










प्रतिक्रिया दिनुहोस्