Banner News

मोहम्मद अफताब आलमको निधन



काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ

कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गयराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ।

६३ वर्षीय आलमलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो । गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो ।