काठमाडौँ, २३ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका फिनिसर शरद भेषवाकरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् ।
आक्रामक फिनिसरका रूपमा परिचित शरदकै प्रेरणादायी प्रदर्शनमा नेपालले सन् २०१४ को विश्वकपमा स्थान बनाएको थियो । उक्त विश्वकप छनोटमा शरदले ४६.६६ को औसतमा १४० रन बनाएका थिए ।
उनले सन् २०१२ मा हङकङविरुद्धको ट्वान्टी–२० खेलमा नेपाली सिनियर टिममा ‘डेब्यु’ गरेका थिए । उनले २०१४ मा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गरेका थिए ।
शरदले अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा पनि सन् २०१४ मा डेब्यु गरेका थिए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१४ को विश्वकपमार्फत नेपालबाट डेब्यु गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै करियर थालेका थिए ।
“नेपाली क्रिकेट र सबैमा धन्यवाद छ,” शरदले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।










प्रतिक्रिया दिनुहोस्