काठमाडौँ, २३ कार्तिक । बजारमा च्याउको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज कन्य च्याउको मूल्य घटेको हो ।
आज कन्य च्याउको मूल्य ३० रुपैयाँले घटेको छ । कन्य च्याउ प्रतिकिलो ३ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने किलोको २ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै डल्ले च्याउ भने आज प्रतिकिलो ३ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्