काठमाडौँ, २४ कार्तिक । बजारमा सुकेको प्याजको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको मूल्य घटेको हो ।
आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३६ रुपैयाँ कायम छ ।
हिजो आइतबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ३९ रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्