काठमाडौँ, २४ कार्तिक । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५.८० अंक घटेर बन्द भएको छ ।
आज नेप्से परिसूचक ०.२२ प्रतिशतले घटेर २,५६०.२९ विन्दुमा बन्द भएको हो ।
कारोबार रकम पनि घटेको छ । यसदिन चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार (कात्तिक २३) चार अर्ब ९० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज ९१ कम्पनीको सेयरमूल्य बढेको छ । १५१ कम्पनीको सेयरमूल्य घटेको छ । ११ कम्पनीको सेयरमूल्य स्थिर छ ।
दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । माबिलुङ इनर्जीको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता एक हजार ९५३ रुपैयाँ ८० पैसा कायम छ ।
एनआरएन इन्फ्राइट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।










प्रतिक्रिया दिनुहोस्