काठमाडौँ, २४ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रूपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
आज चलचित्र विकास बोर्डको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र मुलुकको यथार्थमा आधारित चलचित्रमार्फत समाजलाई अग्रगामी दिशामा अगाडि बढाउन भूमिका खेलेका चलचित्रकर्मीहरूलाई राज्यले हेर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘देश र समाजको हितअनुसार नेपाली चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यअवधिमा मैले के गर्नुपर्छ मलाई स्पष्ट रूपमा लेखेर ल्याउनुस् म गर्न तयार छु । चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारको लागि हामीले हिजोदेखि नै कार्यप्रारम्भ गरेका छौँ । नेपाली समाजको रूपान्तरणका लागि चलचित्र क्षेत्रले खेलेको भूमिका भुल्न मिल्दैन ।’










प्रतिक्रिया दिनुहोस्