काठमाडौँ, २४ कार्तिक । रौतहटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा चोक नजिक सडकमा चपुरबाट धमौरातर्फ जाँदै गरेको म.प्र.०३–०३१ प ८०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–७ सखुअवा टोल बस्ने ७० वर्षीया दुखिया देवीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्