काठमाडौँ, २४ कार्तिक । रामकुमारी झाँक्रीसहितका नेता चार वर्षपछि नेकपा (एमाले) फर्किएका छन् ।
आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत झाँक्री, किसान श्रेष्ठसहित गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिनासहितका केन्द्रीय सदस्यहरू एमाले फर्किएका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झन्डा दिए । श्रेष्ठ र तिमल्सिनाले ओलीलाई कलम दिए । एमालेबाट ०७८ भदौ २ गते विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी नेकपा (माओवादी)सहितका १० घटकसँग मिसिन नगएका नेताहरू एमाले फर्किएका हुन् ।










प्रतिक्रिया दिनुहोस्