अर्थ

किवीको मूल्य घट्यो



काठमाडौँ, २५ कार्तिक । बजारमा किवीको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज किवीको मूल्य घटेको हो ।

आज कालीमाटी बजारमा किवी थोकमा प्रतिकिलो २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सोमबार भने किवी किलोको ३ सय रुपैयाँ थियो ।

सोमबारको तुलनामा मंगलबार किवीको मूल्य किलोमा ५० रुपैयाँ घटेको हो ।