समाचार

सुठौली नाकाबाट २१८ बोरा युरिया मल बरामद



काठमाडौँ, २५ कार्तिक । कपिलवस्तुको सुठौली नाकाबाट भन्सार छलेर ल्याएको २१८ बोरा युरिया मल बरामद गरिएको छ ।

सशस्त्र प्रहरीको मर्यादपुर बिओपी र भन्सार कार्यालयको टोलीले दशगजा क्षेत्रमा लुकाएर राखेको सुराकको आधारमा रासायनिक मल बरामद गरेको हो ।

मल तस्करी गर्नेहरूले सो मल दशगजा क्षेत्रको बगैँचामा लुकाएर राखेका थिए ।

सुठौली नाका कृष्णनगर पछिको दोस्रोको दोस्रो नाका मानिन्छ ।