काठमाडौँ, २५ कार्तिक । बजारमा स्याउको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्याउको मूल्यवृद्धि भएको हो ।
आज फुजी स्याउको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । आज फुजी स्याउ प्रतिकिलो थोकमा न्यूनतम २ सय ८० देखि अधिकतम ३ सय २० रुपैयाँ छ । औसतमा भने ३ सय रुपैयाँ कायम छ ।
हिजो सोमबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ६० र अधिकतम ३ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै औसतमा भने २ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज झोले स्याउ प्रतिकिलो न्यूनतम २ सयदेखि अधिकतम २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । औसतमा प्रतिकिलो २ सय २५ रुपैयाँ कायम छ ।
हिजो सोमबार झोले स्याउ प्रतिकिलो न्यूनतम २ सयदेखि अधिकतम २ सय ३० र औसत २ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।
हिजो सोमबारको तुलनामा आज मंगलबार झोले स्याउ प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।










प्रतिक्रिया दिनुहोस्