काठमाडौँ, २५ कार्तिक । गायिका ज्योति मगरले ‘जेनजी आन्दोलन’बारे ११ बुँदामा विश्लेषण गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘जेनजी आन्दोलन’ किन भयो भन्दै ११ बुँदामा कारणहरूको सूची बनाएकी छन् ।
कारण के ?
- टिकटकर जेनजी: मोबाइलमा उपद्रव गरेर पैसा कमाउन।
- कलाकार जेनजी: युट्युबबाट डलर कमाउन।
- रास्वपाका जेनजी: रवि लामिछानेलाई जेलबाट निकाल्न।
- बालेनका जेनजी: प्रत्यक्ष कार्यकारी प्रणाली कायम गरी बालेनलाई प्रधानमन्त्री बनाउन, चीलमा बस्न र ‘स्वागवाला’ एटिट्युड देखाउन।
- माओवादीका जेनजी: केपी ओलीलाई हटाएर प्रचण्डलाई देशको बागडोर दिन।
- कांग्रेसका जेनजी: देउवा हटाएर गगन थापालाई सभापति बनाउन।
- बार्बारा फाउन्डेसनका जेनजी: सन्दुक रुइतको देवत्वको आडमा देशमा भद्रगोल मच्चाई चीनको विरुद्धमा गएर तिब्बत आजाद गर्न तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा अमेरिकालाई फेभर गर्न।
- मधेस वारि पारिका जेनजी: (प्रचण्ड सरकारमा हुँदा नागरिकता पाएका) “जय नेपाल” भन्दा “जय हिन्द” भन्न सजिलो भएकाले।
- हुने खाने वर्गका जेनजी: नेताका छोराछोरीको हातको रोलेक्स घडी तथा लक्जरी जीवनशैली आफूलाई पनि चाहिएकाले।
- एनजिओ र आईएनजीओका जेनजी: देशमा अस्थिरता कायम गरी डलर आर्जन गर्न।
- राजावादीका जेनजी: राजा फर्काई “आइस्यो गैस्यो”, “राजा साहेब, बाबू साहेब”, “हुकुम बक्स्यो, कृपा बक्स्यो” वाला संस्कार कायम राख्न र हिन्दु राज्य घोषणा गर्न।
तर, उनले अपवादको रूपमा केही युवाहरू पनि रहेको उल्लेख गरेकी छन्, जसलाई देशको चिन्ता थियो, बेथितिविरुद्ध आवाज बुलन्द गर्नु थियो र शान्तिपूर्ण आन्दोलन गरी सरकारलाई खबरदारी गर्नु थियो।










प्रतिक्रिया दिनुहोस्