मनोरञ्जन

बलिउड अभिनेता गोविन्दा अस्पतालमा भर्ना



मुम्बई, २६ कार्तिक । बलिउड अभिनेता गोविन्दालाई मुम्बईस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार मंगलबार राति करिब साढे आठ बजे आफ्नै घरमा उनी बेहोस भएका थिए ।

सुरुमा चिकित्सकको सल्लाह अनुसार घरमै औषधि दिइए पनि स्वास्थ्यमा सुधार नआएपछि राति १ बजे गोविन्दालाई क्रिटीकेयर अस्पतालमा लगिएको हो ।

बिन्दलका अनुसार चिकित्सकले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । चिकित्सकले गोविन्दाको स्वास्थ्य परीक्षण गरिरहेको उनले जानकारी दिए ।