अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २६ कार्तिक । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।