काठमाडौँ, २६ कार्तिक । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरमा एक अधिवक्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय ऋषि केबी छन् ।
पीडित पक्षले सोमबार दिएको जाहेरीका आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिइएको हो । केबीले एक वर्षदेखि डरत्रास देखाई नाबालिकालाई करणी गर्दै आएको उजरीमा उल्लेख छ।
आरोपित केबीलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्