समाचार

लागुऔषधसहित ३ जना पक्राउ



काठमाडौँ, २६ कार्तिक । दोलखामा लागुऔषध सहित तीन जनालाई नियन्त्रणमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार वैतेश्वर गाउँपालिका -७ का ३५ वर्षीय सुन्दरप्रकाश खड्का, मेलुङ गाउँपालिका-२ का २१ वर्षीय रुद्रबहादुर कार्की र भीमेश्वर नगरपालिका -३ का २६ वर्षीय निरज खड्कालाई पक्राउ गरेको हो ।

लागुऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भिमेश्वर नगरपालिका-३ चरिकोट बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ट्रामाडोल हाइड्रोक्लोरिक क्यापसुल (१९१ वटा), ३ थान मोबाइल र नगद दुई हजार पाँच सय बरामद भएको छ । पक्राउ परेकाहरूलाई दोलखा जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।