काठमाडौँ, २६ कार्तिक । रेशमलाल चौधरी संरक्षक रहेको ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ ।
आज आयोगले सो पार्टी दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको अध्यक्षमा २७ वर्षीय कबिर सोव छन् ।
पार्टी दर्ताको प्रमाणपत्र पाएपछि रेशमले नागरिक उन्मुक्ति पार्टी गठनको सन्दर्भ सम्झिए । श्रीमतीसमेत रहेकी रन्जिता श्रेष्ठसँगको विवादले चौधरीले छुट्टै पार्टी बनाएका हुन् ।










प्रतिक्रिया दिनुहोस्