राजनीति

मधेसका ७४ सांसदको रिटमा सर्वोच्चले तोक्यो अन्तरिम आदेश छलफललाई पेसी



काठमाडौँ, २६ कार्तिक । सर्वोच्च अदालतले मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशका ७४ सांसदको रिटमा अन्तरिम आदेश छलफलका लागि पेसी तोकेको छ ।

मधेस प्रदेशका ७४ सांसदको तर्फबाट मंगलबार कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दायर गरेका थिए । 

उनको रिटमा प्रारम्भिक छलफलपछि आज न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई डाकेर आइतबारको पेसी तोकेको हो ।