काठमाडौँ, २७ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले राजनीतिक दल खोल्ने वा चुनाव लड्ने कुनै मनसाय नराखेको स्पष्ट पारेका छन् ।
राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा सांसद किरणबाबु श्रेष्ठले ‘गृहमन्त्रीले दल खोल्ने वा चुनाव लड्ने तयारी गरेको हो ?’ भनेर प्रश्न गरेका थिए ।
गृहमन्त्री अर्यालले आफूहरू संविधानको शपथ खाएर आएको र त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।
जवाफमा गृहमन्त्री अर्यालले तत्काल प्रतिवाद गर्दै भने, “म दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ ।”
बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री अर्यालले आफूहरू संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याए । उनले संविधानमा कुनै सुधार आवश्यक भए त्यसको प्रक्रिया पनि संसद्बाटै हुनुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्