समाचार

अझै पाँचहजार कैदी फरार



काठमाडौँ, २७ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट फरार भएकामध्ये पाँच जार १३ कैदीबन्दी अझै फरार रहेको बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले फरार कैदीबन्दी र लुटिएका हतियारलाई सरकारले प्रमुख सुरक्षा चुनौतीका रूपमा लिएको बताए ।

गृहमन्त्री अर्यालका अनुसार, त्यस क्रममा कुल १४ हजार ५५४ कैदीबन्दी फरार भएकामा हालसम्म नौ हजार ५४१ जनालाई नियन्त्रणमा लिइसकिएको छ ।

उनले फरार कैदी पक्राउ गर्न विशेष अपरेसन चलाइएको जानकारी दिए ।