विराटनगर, २८ कार्तिक । जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आगजनी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार ६ जना र शुक्रबार ४ जना गरी १० जनालाई पक्राउ गरेको हो । प्रहरीको गाडी र चौकीमा आगजनी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । अनुसन्धानको क्रममा रहेकाले उनीहरूको नाम गोप्य राखिएको छ ।
पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले जानकारी दिए । आरोपमा उनीहरूलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।










प्रतिक्रिया दिनुहोस्