झापा, २८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद् पुनर्स्थापना हुनुपर्ने बताएका छन् । असंवैधानिक प्रक्रियाबाट संसद् विघटन भएकोले पुनर्स्थापना हुनै पर्ने घिमिरेको भनाइ छ ।
शुक्रबार बिहान झापा बिर्तामोडस्थित निजी निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको मुद्दालाई चाँडो छलफलमा लैजानुपर्ने बताए । जननिर्वाचित संस्था प्रतिनिधिसभा भंग गरेपछि मुलुक थप संकटमा धकेलिएको बताए ।
उनले भने, ‘संसद् पुनर्स्थापना गरेर अहिलेका समस्याहरू सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर जान सकिन्छ । जेनजीहरुको माग सम्बोधन गर्ने बाटो पनि यहि हो ।’ संविधानका संशोधन गर्नुपर्ने विषयहरू छलफलबाट समाधान खोज्दै अघि बढ्नुपर्ने भन्दै घिमिरेले वर्तमान सरकारको प्रधानमन्त्री नै संविधानको दृष्टिमा अयोग्य रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्