काठमाडौँ, २८ कार्तिक । काठमाडौँमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शंखरापुर नगरपालिका–१ छापभञ्ज्याङ ढकालगाउँस्थित सडकमा प्रदेश–३ ०२–१० प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ घर भएका ३५ वर्षीय एकबहादुर तामाङको बिहीबार साँझ मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनी सो मोटरसाइकलका चालक हुन् । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्