समाचार

नालीमा डुबेर एक बालकको मृत्यु



काठमाडौँ, २८ कार्तिक । कपिलवस्तुमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका–६ सेमरी बस्ने मनोहर हुसेनको १३ महिनाको छोरा आकिब मुसलमान हुसेनको आफ्नै घर अगाडि रहेको नालीमा डुबेर मृत्यु भएको हो ।

बिहीबार दिउँसो  डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।