काठमाडौँ, २८ कार्तिक । कपिलवस्तुमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका–७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने भारतको उत्तर प्रदेश देवरिया गिडाका २२ वर्षीय राकेश निसादलाई पक्राउ गरेको हो ।
राकेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्