सिन्धुली, २९ कार्तिक । नेकपा एमाले पोलिव्यूरो सदस्य महेश बस्नेतले सुशिला कार्कीको नेतृ्वको सरकारले केपी ओलीलाई छानबिनका नाममा बयान लिने र पक्राउ गर्ने षड्यन्त्र गरिए त्यसको प्रतिवाद गरिने बताउनु भएको छ ।
उहाँले देशी विदेशीको षड्यन्त्रमा लागेर एमाले माथि षड्यन्त्र गरिए कार्की नेतृत्वको सरकारलाई सिंहदरबारबाट लखेटिने उद्घोष गर्नु भएको छ । उहाँले नेपाली युवाहरुको काँधमा विदेशीहरूले बन्दुक राखेर पडकाएको बताउनु भएको छ । नेकपा एमाले सिन्धुलीद्वारा आयोजित जनसभालाई प्रमुख अतिथिका रुपमा संबोधन गर्दै उहाँले जेन्जि आन्दोलनको मुख्य प्रहार नेकपा एमाले र अध्यक्ष केपी ओलीमाथि भएको छ ।
केपी ओलीका नाममा चारवटा घर जलेको बताउँदै नेता बस्नेतले ओलिको घरजल्दा राष्ट्रिय सम्पदा जन्यो, पुस्तकालय जल्यो र राज्यको सम्पत्ति जल्यो । सिंहदरबार, अदालत र राष्ट्रिय सम्पदाहरू जलाउनेहरु आतंकवादी जल्लाधारु र लुसिफर हुन् । आज प्रहरीको मनोबल खस्केको छ, हतियार लुटिएको छ । यसको नेतृत्व युवा संघका नेताहरू लाग्न नेता बस्नेतले निर्देशन दिनु भयो । उहाँले नयाँ पुस्ताले भत्काउन, लुट्न, मान्छे मार्न उकाशे, त्यो उकास्ने लुशिफर हुन्, सुदन गुरुङ हुन् ।
नेता बस्नेतले नेता ईश्वर पोखरेलहरु माथि आक्रमण मार्ने प्रचण्डका श्यालहरुलाई एकदिन कारबाहीको दायरामा ल्याउने उद्घोष गर्नु भयो । उहाँले गिरी बन्धु टी स्ताटेका नाममा केपी ओलीलाई मुद्धा लगाउने षड्यन्त्र कहिल्यै सफल नहुने प्रस्ट पार्नु भयो । १४ हजार कैदीको भाई नाईकेलाई बयानका नाममा हजुरआमा सुशिला कार्कीको चेम्बरमा लगिएको उल्लेख गर्नुभयो । नेता बस्नेतले जेनजी पुस्ताको मागलाई एमालेको ११ महाधिवेशनबाट पूरा हुने बताउनु भयो । नेता बस्नेतले आउँदो निर्वाचनमा एमालेले जेनजीलाई सूर्य चिन्ह दिएर विजयी बनाउने उल्लेख गर्नुभयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापाले जेनजी उपद्रोहका नाममा नेपाल राष्ट्रलाई तहस नहस पार्ने काम भएको र त्यसलाई सिन्धुली बासीले कदापि स्वीकार नगर्ने बताउनु भयो । उहाँले २३ र २४ गते को घटनापछि बनाएको छानबिन समितिले गर्ने कुनैपनि निर्णयलाई आफूहरुले मान्यता नदिने उद्घोष गर्नु भयो । उहाँले एमालेले मात्र अहिलेको संकटको समाधान गर्न सक्ने दाबी गर्नु भयो । द्वारा आयोजित जनशभा कार्यक्रमलाई सम्बोधन गर्दै एमालेकी केन्द्रिय सदस्य उमा कोइरालाले एमालेमाथि भएको आक्रमणको प्रतिवाद गर्न जरुरी भएको स्वागत बताउनु भयो ।
जनसभा स्वागत मन्तव्य राख्दै जिल्ला उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले एमाले लाई सिन्धुलीमा कमजोर नआक्न चेतावनी दिनु भयो । कार्यक्रमको अध्यक्षता महेन्द्र श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु कमलजंग राई, विषम लाल अधिकारी दनुवार, निरु दर्लामी, गणेशकुमार पहाडी लगायतका नेता कार्यकर्ता हुनुहुन्थ्यो ।










प्रतिक्रिया दिनुहोस्