काठमाडौँ, २९ कार्तिक । सिराहामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
धनगढीमाई नगरपालिका-१ मेदनीपुरस्थित सडकमा सुखीपुरबाट लहानतर्फ जाँदै गरेको म.प्र.०२-००८ प ७८५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नवराजपुर गाउँपालिका देवनगर टोल बस्ने ५५ वर्षीय बेचन ठाकुरको शनिबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्