समाचार

लडेर एक बालिकाको मृत्यु



काठमाडौँ, २९ कार्तिक । ताप्लेजुङमा लडेर एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका–९ हाङदेवामा वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर मृत्यु भएको हो ।

निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर फुङलिङ–९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको हो । 

शव कानुनी प्रक्रिया पूरा जिल्ला अस्पतालमा ल्याइएको र शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।