अर्थ

राष्ट्र बैंकले ५० अर्ब खिच्दै



काठमाडौँ, ३० कार्तिक । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ ।

अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण जारी गरेको हो । ८४ दिने अवधिका लागि यो तरलता खिच्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ६२ अर्ब तरलता रहेको छ । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा राख्छन् । स्थायी निक्षेप मार्फत राखेको रकम धेरै भएकाले पनि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन गर्न थालेको हो ।