सम्पादकीय

मुस्ताङको स्याउँ महँगियो



बागलुङ, ११ असोज । मुस्ताङको स्याउ बागलुङमा महँगोमा बिक्री भइरहेको छ । यातायातका साधन नचल्दा खच्चरमा बोकाएर ढुवानी गर्नुपरेकाले स्याउको भाउ बढेको हो ।

व्यवसायीले मुस्ताङ स्याउ बागलुङमा प्रतिकेजी १ सय ८० रुपैयाँसम्म बिक्री गरेका छन् । मुस्ताङका किसानले प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री गरे पनि ढुवानीको समस्याले मूल्य बढेको हो ।

‘यातायातका साधन नचल्दा खच्चरमा बोकाएर ल्याउनुपर्यो’ फलफूल व्यवसायी संघका अध्यक्ष धु्रबप्रसाद शर्माले भने । कान्तिपुरमा समाचार छ ।