राजनीति

जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा यादव सर्वसम्मत



बुटवल, ३० कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट राम अवतार यादव अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

भैरहवामा शनिबार र आइतबार गरी दुईसम्म सञ्चालन भएको अधिवेशनले उनको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह चयन भएका छन् । त्यस्तै सचिवमा शिव कुमार चौधरी थारु, इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट चयन भएका छन् ।