अर्थ

कुखुरा मासुको मूल्य बढ्यो



काठमाडौँ, १ मंसिर । बजारमा कुखुरा मासुको मूल्य बढेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज आजदेखि लागु हुने गरी मूल्य बढेको हो ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीका अनुसार कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म बढेको हो ।

उल्या बढेसँगै जिउँदो कुखुरा प्रतिकिलो २ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय २० रुपैयाँ थियो ।

उपभोक्ताले भने प्रतिकिलो २ सय ५० रुपैयाँमा जिउँदो कुखुरा खरिद गर्न पाउने छन् । यस्तै तयारी कुखरा मासुको मूल्य पनि बढेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले बढेको हो । तयारी मासुको मूल्य ३ सय २५ रुपैयाँ पुगेको छ ।

जाडो बढ्दै गएपछि कुखुरा उत्पादन घट्ने भएकाले मूल्यवृद्धि भएको हो ।