अर्थ

नेप्से ९.७८ अंकले बढ्यो



काठमाडौँ, १ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.७८ अंकले बढेको छ । 

आज नेप्से परिसूचक ०.३८ प्रतिशतले बढेर २,५५०.३६ विन्दुमा बन्द भएको छ । यस दिन तीन अर्ब ९४ करोड ६० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार तीन अर्ब ८९ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १६७ कम्पनीको सेयरमूल्य बढ्दा ७६ को घटेको छ । यस्तै, १३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज बन्दीपुर केबलकार तथा टुरिजमको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । झापा एनर्जी, बुंगल हाइड्रो र सागर डिस्टिलरीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

साहस ऊर्जाको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भयो । यस कम्पनीको १८ करोड ३६ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये निर्जीवन बिमा र ‘अन्य’ समूहको परिसूचक घटेको छ । बाँकी सबै समूहको परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक ०.०९ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ०.४९ प्रतिशतले घटेको छ ।