काठमाडौँ, २ मंसिर । मङ्सिर १ गते राति ९:३० बजे सम्म राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् ।
पुरुष १ लाख १५ हजार ०७, महिला १ लाख २७ हजार ६९ र अन्य ९ जना गरी कुल ३ लाख ८ हजार ५८५ जनाले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावली दर्ता गराएका हुन् ।
निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराएका छन् । यो सङ्ख्या भने नयाँ मतदाता नामावली सङ्कलन खुला गरिएदेखि कार्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्