काठमाडौँ, २ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले अबको तीन महिना २१ दिनमा चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् ।
नागरिक समाजका १७ जना प्रबुद्ध व्यक्तिहरूसँग सोमबार प्रधानमन्त्री कार्यालयमा डेढ घण्टाको छलफलमा उनले प्रहरीको मनोबल उकास्न प्रयत्नरत गरिरहेको पनि बताइन् । उनले चुनाव समयमा सम्पन्न गर्न दलहरूसँग निरन्तर संवादमा रहेको भन्दै खबरदारीका लागि नागरिकहरूलाई आह्वानसमेत गरेकी छिन् ।
‘२१ फागुनको निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा होइन । यो संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व हो । केही पक्षले अन्योल सिर्जना गरेका छन्, तर चिर्छौँ । चुनाव हुन्छ । तपाईंहरू खबरदारी गर्नुहोस्,’ उनले भनिन्, ‘म दलहरूसँग संवादमा छु । चुनावपछि मलाई एकछिन पनि सरकारमा बस्नु छैन । चुनाव सकिएपछि सरकार हस्तान्तरण गरेर फेरि नागरिक समाजमा फर्किन्छु । सर्वोच्चबाट निस्केपछि जनताको बिचमा थिएँ, जनताको मुद्दा उठाएँ । अब पनि सरकार हस्तान्तरण गरेर तपाईंहरूसँगै फर्किन्छु ।’










प्रतिक्रिया दिनुहोस्