काठमाडौँ, २ मंसिर । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार वेबसाइट ह्याक भएको हो । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको छ ।
अहिले उक्त साइट खुल्दैन । कसले कहाँबाट ह्याक गर्यो भन्ने अनुसन्धानकै क्रममा रहेको बताइएको छ ।
सुरुमा विभागको वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिन्थ्यो । अहिले भने त्यो देखिँदैन ।










प्रतिक्रिया दिनुहोस्