काठमाडौँ, २ मंसिर । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार आएको छ ।
आज बजार १५.७० अङ्कले वृद्धि भई २,५६६.०७ विन्दुमा पुगेर बन्द भएको हो । बजारमा आज कुल ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज बजारमा कुल ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर कारोबार भएको र जम्मा ५५ हजार २७७ वटा कारोबार सम्पन्न भएका छन् ।
आज कारोबारमा आएका कम्पनीमध्ये २०७ कम्पनीको मूल्य बढेको छ । ४४ कम्पनीको मूल्य घट्दा बाँकी ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
१३ उपसूचकमध्ये सबै समूहमा आज सुधार आएको छ । विकास बैंक, होटल र लगानी समूहको मूल्यमा १ प्रतिशत भन्दा धेरै सुधार आएको छ ।










प्रतिक्रिया दिनुहोस्