काठमाडौँ, २ मंसिर । निर्वाचन आयोगले मतदाता नामावली सम्बन्धी प्रणाली पूर्ण सुरक्षित रहेको जनाएको छ ।
आयोगको वेबसाइटमा अनधिकृत प्रवेश गरी मतदाता नामावली सम्बन्धी सूचनाहरू फेला पारेको भनी सञ्जालमा साझा गरिएका दाबी प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सूचना प्रणाली पूर्ण सुरक्षित रहेको जनाएको हो ।
नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया दिनुहोस्