काठमाडौँ, ३ मंसिर । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस मनाइँदै छ ।
सन् २०१३ देखि आधिकारिक रूपमा मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तर्राष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि हो ।
सुरक्षित र सबैका लागि पहुँचयोग्य शौचालय निर्माण अहिलेको अत्यावश्यक प्राथमिकता भएको जनाउँदै संयुक्त राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ ।










प्रतिक्रिया दिनुहोस्