समाचार

खैरो हेरोइनसहित ६ जना पक्राउ



काठमाडौँ, ३ मंसिर । कञ्चनपुरमा चार छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका–१० को सडकघाटबाट ४.५४० ग्राम खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् ।

सडकघाट क्षेत्रमा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको सुदूरपश्चिम प्रदेश ०१२ प ३६०० नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरुलाई प्रहरी टोलीले चेकजाँच गर्दा २६ वर्षीय रामजनम चौधरी र कैलालीको गोदावरी नगरपालिका–८ का २८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरिएको हो ।

बेलौरी नगरपालिका–६ को खैराना क्षेत्रबाट एक महिला पनि पक्राउ परेकी छन् । भारतबाट नेपालतर्फ आउँदै गरेकी ३१ वर्षीया सावित्री चौधरीलाई ४ ग्राम ५२० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो ।

भिमदत्त नगरपालिका–११ गड्डाचौकी चेकपोस्टबाट नेपाल प्रवेश गर्दै गरेका बेदकोट–९ का २१ वर्षीय अरबिन्द रोकाया, भिमदत्त–३ का २० वर्षीय सुमित साउँद र भिमदत्त–१० का २१ वर्षीय साजन कठायतलाई पनि प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ । तीनै जनाको साथबाट २०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।