समाचार

सिराहामा गोली चल्यो



काठमाडौँ, ३ मंसिर । सिराहामा गोली चलेको छ ।

डाँका समूहको गोली प्रहारबाट दुईजना गम्भीर घाइते भएका छन् ।

सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् ।

दुवै जनालाई छातीमा गोली लागेको र उपचारका लागि विराटनगर लगिएको छ ।

मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो ।