काठमाडौ,१५ असोज । नेकपा एमालेले आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने भएको छ । माओवादी केन्द्रसहित सबै वामपन्थी दलहरुसँग तालमेल गर्नेगरि रणनीति बनाएको छ । चुनावको रणनीति र उम्मेदवारबारे छलफल गर्न आइतबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले वामपन्थी तालमेल र सहकार्यका विषयमा निर्णय गरेको हो ।
बैठकपछि एमालेलेले ‘देशभक्त, प्रगतिशिल र वामपन्थी शक्तिसँग तालमेल गर्ने विज्ञप्ती निकालेर जनाएको छ । एमाले नेता प्रदीप ज्ञवालीले निकालेको विज्ञप्तीमा सबै वामपन्थी र राष्टवादीशक्तिसँग तालमेल गर्ने निस्कर्ष निकालेको हो ,
एमालेले चुनावी तालमेल कसरी गर्ने भन्ने अन्तिम निर्णयको जिम्मा भने स्थानीय पार्टी कमिटीलाई नै दिएको छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने सरकारले निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्